खिजिमा विधुत सर्ट भएर आगलागी, कपडा पसल हाेटल जल्दा २२ लाख क्षति

खिजिमा विधुत सर्ट भएर आगलागी, कपडा पसल हाेटल जल्दा २२ लाख क्षति


भिजन समाचार
2.8k
Shares

जिल्लाको खिजिदेम्बा गाउँपालिकामा विधुत सर्ट भएर एक घरमा आगलागी भएको छ । गाउँपालिकाको वडा नं.५ खिजिफलाटे बजारको बसपार्क क्षेत्रमा हरेको लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त घरमा सञ्चालन गरिएको कपडा पसल र होटल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

काठ र जस्ताले बनेको तामाङको एक तले घरमा खिजिदेम्बा गाउँपालिका–३ का बिनोद सुनुवारको कपडा पसल र वडा नं.५ का दशरथ सुनुवारले सञ्चालन गरेको होटल पसल पुर्ण रुपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार आगलागी बाट करिब २२ लाख १० हजार क्षती भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

क्षतिको पुरा विवरण आउन बाँकी छ । तामाङको घरमा भाडामा व्यवसाय सञ्चालन गरिएको थियो । शनिबार विहान करिब १ बजेको समयमा आगलागी भएको थियो । विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरी र स्थानियको अनुमान छ ।

आगलागीका कारण नजिकै रहेको ङवाङफुरी शेर्पाको एक तले पक्की घरको दुई वटा झ्याल, निमा तामाङको तीन तले पक्की घरको पहिलो र दोश्रो तलाको चार वटा झ्याल र गोपाल विकको चार तले घरको पाँच वटा झ्याल जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी बाट भएको पुर्ण विवरण आउन बाँकी रहेको र संकलनको काम भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।