मोलुङ गाउँपालिकाको पालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बरुणेश्वर माध्यमिक विद्यालय रामपुरले जितेको छ । प्रतियोगितामा १५ स्वर्ण, नौं रजत र तीन कास्य गरि कुल २७ पदक जित्दै बरुणेश्वर मावि प्रथम भएको हो ।
यस्तै नौं स्वर्ण, सात रजत र दुई कास्य गरि कुल १८ पदक जित्दै जेसे मावि जेसे पात्ले द्वितिय भएको छ । यस्तै छ स्वर्ण, एक रजत र छ कास्य गरि कुल १३ पदक जित्दै शिवदुति मावि तृतीय भएको छ ।
प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीलाई गाउँपालिका अध्यक्ष उत्तम राई र उपाध्यक्ष उर्मिला खतिवडाले शिल्ड, पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
मोलुङ गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको पौष २३ गते कोशी प्रदेश सांसद प्रदिप सुनुवारले उद्घाटन गरेका थिए । प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता थियो । प्रतियोगितामा भलिबल, हाइजम्प लङजम्प, दौड लगायत विभिन्न विधाका खेलहरु सञ्चालन भएको आयोजकले जनाएको छ ।
यसैबिच जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा पनि बिहीबारबाट दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति तथा संघीय सांसद रामहरी खतिवडाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा आठ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको छ । खेल पौष २७ गतेसम्म सञ्चान हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया