मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगाले लिब्जु सामुदायिक क्याम्पस सञ्चालन गर्ने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानिमा सामुदायिक क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ ।
गत आर्थिक वर्ष देखी शिक्षा र मानविकी संकायको कक्षा सञ्चालन गर्न सम्बन्धनका लागि पुर्वाञ्चल विश्व विद्यालयमा माग गरिएको थियो । हालै ब्याचलरमा शिक्षा संकायको कक्षा सञ्चालनका लागि अनुमति प्राप्त भएको कुरा मानेभञ्ज्याङ गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष रामकुमार राईले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
पुर्वाञ्चल विश्व विद्यालय बाट क्याम्पस सञ्चालनका लागि अनुमति दिने जानकारी आएको भए पनि प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेको प्रस्तावित क्याम्पस प्रमुख टिएन पौडेलले बताएका छन् ।
जिल्लामै पहिलो र फरक मोडालिटिमा क्याम्पस सञ्चालन गर्न लागिएको मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । उच्च शिक्षाका लागि गाउँपालिका बाट वर्षेनी विद्यार्थीहरु पलायन हुने परिस्थितिलाई रोक्न गाउँपालिकाले क्याम्पस सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष रुम्दालीको भनाई छ ।
क्याम्पसको आर्थिक, व्यवस्थापन, शैक्षिक अनुगमन लगायतको सम्पुर्ण जिम्मा गाउँपालिकाले लिने बताईएको छ । क्याम्पस सञ्चालन भए सँगै ओखलढुंगा लगायत खाेटाङ, उदयपुर र सिन्धुलीका विद्यार्थीहरुलाई समेत सहज हुने विश्वास गरिएकाे छ ।
प्रतिक्रिया