काठमाण्डौको पिंगलास्थानको एक होटलमा मृत फेला परेकी सुस्मिता खड्का सँगै बसेर फरार भएका ओखलढुंगाका एक युवक पनि मृत फेला परेका छन् । खड्का सँगै होटलमा बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीका २३ वर्षीय देवबहादुर थापाको झुन्डिएको अवस्थामा शनिबार शव फेला परेको छ ।
सुनकोसी गाउँपालिका–३ सिस्नेरीमा उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए ।
घटनाबारे केन्द्रकै प्रहरी आएर अनुसन्धान गरिरहेको र आफुहरुले सहजिकरण गरिरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
थापा सँगै काठमाण्डौको पिंगलास्थानस्थित बागमती होटलको ३०८ नम्बर कोठामा बस्न पुगेकी २२ वर्षीया सुस्मिता गत बुधवार मृत फेला परेकी थिईन् । घटना लगतै सँगै बसेका थापा फरार थिए ।
होटलको कोठाको ढोकामा चाबी लगाएको अवस्थामा सुस्मिता मृत भेटिएकाले उनले कर्तव्य गरेर हत्या भएको प्रहरीको निष्कर्ष छ । देवबहादुर जापान गएर आएका र सुस्मिता पनि जापान जाने तयारीमा रहेको जनाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाण्डौ महानगरपालिका–९ गौशाला पिंगलास्थानको बागमती होटलमा पुस १६ मा सुस्मिता खड्का मृत फेला परेकी थिईन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रतिक्रिया