जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले नागरिकको गुनासो संकलनका लागि ‘क्यु आर’ कोडको व्यवस्था गरेको महिना भैसक्यो । प्रशासनले ‘क्यु आर’ स्क्यान गरेर गुनासो राख्न मिल्ने व्यवस्था गरेको भएपनि हालसम्म एउटै गुनासो आएको छैन ।
सेवाग्राहीका गुनासो सम्बोधनका लागि प्रशासन कार्यालय तीन वटा ‘क्यु आर कोड’ को व्यवस्था गरेको थियो । सेवाग्राही तथा जिल्लाका नागरिकका गुनासो एवम् जिज्ञासा सिधै सम्बोधन गरि सेवा प्रवाहलाई थप प्रभावकारी र जवाफदेही बनाउन यो सुविधा ल्याइएको भएपनि हालसम्म कुनै पनि गुनासो नआएको प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले बताए ।
गुनासो आए नआएको बारे दैनिक हेर्ने गरिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । ‘क्यु आर’ कोड स्क्यान गरेर मोबाईल मार्फत गुनासो तथा जिज्ञासा राख्न सकिने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया