ओखलढुंगाको सुनकोशी गाउँपालिकाका शिक्षक र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई आधारभूत आँखा उपचार तालिम दिईएको छ । ३१ जना शिक्षक र ३० जना सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकालाई आधारभूत आँखा उपचार तालिम दिइएको हो ।
बाल अन्धोपन न्युनिकरण गर्ने उद्देश्यले शिक्षक र स्वयंसेविकालाई आधारभूत आँखा उपचार सम्बन्धी तालिम दिईएको जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले बताईन् । तालिममा बाल अन्धोपन न्युनिकरण, दृष्टिदोष समस्या भएका विद्यार्थीहरुको पहिचान र आँखा स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारी गराइएको प्रमुख राईको भनाई छ ।
तिलगंगा आँखा प्रतिष्ठा काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाको आयोजना र सुनकोशी गाउँपालिकाको शिक्षा र स्वास्थ्य शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।
प्रतिक्रिया