घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगामा पाँच महिनाको अवधिमा ३५ वटा नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक बर्ष २०८१/०८२ को साउन देखि मंसिर मसान्त सम्म कार्यालयमा ३५ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।
कार्यालयको तथ्यांक अनुसार कृषि तथा वन जन्य १९, सेवा मुलक ११, पर्यटन क्षेत्रसँग सम्बन्धित चार र उत्पादन मुलक एउटा गरि कुल ३५ वटा नयाँ उद्योग दर्ता भएको कार्यालय प्रमुख मोहनराज भट्टराईले जानकारी दिए । दर्ता भएका मध्ये कृषि र वनजन्य उद्योग धेरै छन् ।
यस्तै उद्योग प्रशासन तर्फ १४९ वटा नविकरण भएका छन् भने ११ लगत कट्टा, उद्धेश्य थप पाँच वटा, नामसारी तीन, सुविधा सिफारिस र प्रतिलिपी सेवा दुई/दुई वटा उद्योगले लिएका छन् । कार्यालयले विभिन्न समयमा १५ वटा उद्योगको निरीक्षण गरेको छ ।
यस्तै वाणिज्य दर्ता तर्फ १५ वटा फर्म दर्ता भएका छन् भने ११६ नविकरण, उद्वेश्य थप सात, पुँजी वृद्धि छ, नामसारी दुई, ठाउँसारी एक र प्रतिलीपी सेवा दश वटाले लिएका छन् । कार्यालयको तथ्यांक अनुसार यस अवधिमा दश वटा फर्म खारेज भएका छन् ।
प्रतिक्रिया