बालयौन दुर्व्यबहार आरोपमा ५९ र ४३ वर्षिय पुरुष प्रकाउ

बालयौन दुर्व्यबहार आरोपमा ५९ र ४३ वर्षिय पुरुष प्रकाउ


भिजन समाचार
1.4k
Shares

बालयाैन दुर्व्यबहार गरेकाे आराेपमा ओखलढुंगामा ५९ र ४३ वर्षिय पुरुष पक्राउ परेका छन् । विद्यार्थीलाई शैक्षिक भ्रमण बाट फर्किने क्रममा बालयौन दुर्व्यबहार गरेको आरोपमा ४३ वर्षिय पुरुष पक्राउ परेका हुन् । १३ वर्षिय विद्यार्थी (बालिका) लाई बालयौन दुर्व्यबहार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–९ ओखलढुंगाका ४३ वर्षिय पुरुषलाई पक्राउ गरेको हो ।

गत पुस पहिलो साता उक्त पुरुषले बालिकालाई यौन दुर्व्यबहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिए पछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

विद्यालयका शिक्षक अबिभावक संघका सदस्य समेत रहेका उक्त पुरुषले विद्यार्थीलाई शैक्षिक भ्रमण साथै वनभोज बाट फर्कने क्रममा बालयौन दुर्व्यबहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

यसका साथै सात बर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा ५९ वर्षिय पुरुष पक्राउ परेका छन् । नाताले नातिनी पर्ने सात बर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले ५९ वर्षिय पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुषको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ ।

आरोपितले पुस ११ गते बालयौन दुर्व्यबहार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा पक्रउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

दुइ वटै घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।