तामाङ संघ कोशी प्रदेश संयोजकमा ओखलढुंगाका सुवास तामाङ मनोनीत

तामाङ संघ कोशी प्रदेश संयोजकमा ओखलढुंगाका सुवास तामाङ मनोनीत


भिजन समाचार
2.5k
Shares

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ कोशी प्रदेशको संयोजकमा ओखलढुंगाका सुवास तामाङ मनोनीत भएका छन् । संघको बिधान २०६३ (संशोधन २०८१) बमोजिम तामाङलाई संयोजक नियुक्त गरिएको हो ।

संघका केन्द्रिय अध्यक्ष रामकृष्ण लामा (इन्द्र) द्वारा हस्ताक्षरित पत्र मार्फत तामाङलाई संयोजक मनोनयन गरिएको जानकारी दिईएको छ ।

पत्र मार्फत संयोजक तामाङलाई यो महिना भित्र कोशी प्रदेशका १४ वटै जिल्लाको अधिबेशन सम्पन्न गर्न निर्देशन दिइएको छ । नेपाल तामाङ घेदुङ ओखलढुंगाको अध्यक्ष समेत रहेका तामाङ नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको पार्टी उपसभापति पनि हुन् ।