नागरिक एपमा नागरिकको पहुँच बढ्दो

नागरिक एपमा नागरिकको पहुँच बढ्दो


भिजन समाचार
1.1k
Shares

ओखलढुंगामा नागरिक एपमा पहुँच बढ्न थालेको छ । एप मार्फत ३१ सय बढीले समस्या राखेका छन् । सुरु भएदेखि एप मार्फत हालसम्म ३१ सय ४१ जनाले राखेको समस्याको समाधान भएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

नागरिकहरुले राखेका समस्या तत्काल समाधान गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए । सेवा प्रवाहलाई प्रविधि मैत्री, व्यवहारिक र प्रभावकारी बनाउन सरकारले नागरिक एप सञ्चालनमा ल्याएको थियो ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्लेस्टोर र आइफोन प्रयोगकर्ताले एप्स स्टोरबाट नागरिक एप डाउनलोड गरेर समयको बचत, झन्झट हट्ने, खर्च जोगिने, पारदर्शिता बढ्ने प्रशासकीय अधिकृत पौडेलले बताए ।

नागरिक एपमा नागरिकता नम्बर, मतदाता परिचय पत्र नम्बर, स्थायी लेखा नम्बर राहदानी नम्बर, कर्मचारी सञ्चय कोष नम्बर, सामाजिक सुरक्षा कोष नम्बर राखेपछि त्यसको पुर्ण विवरण एपले देखाउने छ ।

नागरिक एपले आफैँ आवश्यक विवरण लिने र पुष्टी गर्ने काम गर्छ । नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र, जस्ता कागजात साथमा बोकेर हिड्नुपर्ने झन्झट नहुने प्रशासकीय अधिकृत पौडेलको भनाई छ ।