समाजसेवी वाग्लेद्वारा स्वास्थ्य चौकीलाई वाटर डिस्पेन्सर प्रदान

समाजसेवी वाग्लेद्वारा स्वास्थ्य चौकीलाई वाटर डिस्पेन्सर प्रदान


भिजन समाचार
4.1k
Shares

समाजेवी विकाश वाग्लेले स्वास्थ्य चौकीलाई वाटर डिस्पेन्सर प्रदान गरेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेको स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रलाई वाग्लेले वाटर डिस्पेन्सर प्रदान गरेका हुन् ।

आफ्नो जन्मथलोको स्वास्थ्य संस्थामा थप सहजता होस् भन्ने उद्देश्यले २० हजार बराबरको दुई वटा वाटर डिस्पेन्सर उपलब्ध गराएको वाग्लेले बताएका छन् । सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनालको उपस्थितिमा वाग्लेले स्वास्थ्य केन्द्रलाई सामाग्रि हस्तान्तरण गरेका छन् ।

वाग्लेले यस अघि पनि विभिन्न विद्यालय तथा खेलकुद प्रतियोगिताहरुमा सहयोग गर्ने गरेका छन् । वाग्ले पर्फेक्ट प्रोटेक्सन सेक्युरिटी सर्भिसेज प्रा.लिका सञ्चालक हुन् ।