घरमा आगलागी, सात लाख क्षती

घरमा आगलागी, सात लाख क्षती


भिजन समाचार
5k
Shares

गाई वस्तु राख्ने गोठघरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ । सुनकोशी गाउँपालिका–१० कटुन्जे साउनेपानीका ओम प्रसाद दाहालको गाई वस्तु राख्ने गरेको घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको हो ।

गाई वस्तु राख्ने गरिएको ढुंगा, माटो र जस्ताले बनेको एक तले घरमा आगलागी हुँदा अन्नपात, काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । गाईको लागि कुडो पकाउने क्रममा अचानक घरमा आगलागी भएको प्रहरीको भनाई छ । घटनामा पशु चौपाया र मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।