श्रीचौरमा फोहोर संकलन गर्न डोको वितरण

श्रीचौरमा फोहोर संकलन गर्न डोको वितरण


भिजन समाचार
3.1k
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–६ श्रीचौरमा फोहोर संकलन गर्न डोकोको डस्विन वितरण गरिएको छ । श्रीचौर क्षेत्रमा फोहोर संकलन तथा व्यवस्थापन गर्न श्रीचौर विकास युवा क्लबले डाकोको डस्टवितन वितरण गरेको हो ।

वडा भित्रका विद्यालय, गुम्बा, मन्दिर र स्वास्थ्य चौकी, बजार क्षेत्र लगायत ३० ठाउँमा फोहोर संकलन गर्न डोकोको व्यवस्था गरिएको क्लबका अध्यक्ष ङिमी शेर्पाले बताए । जथाभावि फालिने प्लास्टिक जन्य फोहोर व्यवस्थापन गरि वातावरणलाई स्वच्छ अनि सफा राख्ने उद्देश्यले फोहोर संकलनका लागि स्थानिय डोकोको व्यवस्था गरिएको शेर्पाको भनाई छ ।

विभिन्न व्यक्तिहरु बाट आर्थिक संकलन गरेर डोको खरिद गरि डस्टविनको व्यवस्था गरिएको क्लबका सचीव लाक्पा शेर्पाले जानकरी दिए । २०७७ सालमा सामाजिक कार्य गर्ने उद्देश्यले क्लबको स्थापना गरिएको संस्थापक अध्यक्ष पुष्कर थापाले बताए । क्लबले समय समयमा विभिन्न सामाजिक सचेतनाका कार्य गर्दै आएको छ ।