सुनकाेशीकाे बाढीले पुरिएको खेत पुन: निर्माण

सुनकाेशीकाे बाढीले पुरिएको खेत पुन: निर्माण


भिजन समाचार
477
Shares

गत असाेज महिनामा सुनकाेशी नदिमा आएकाे बाढीले पुरिएको खेत पुन: निर्माण थालिएको छ । सुनकाेशी गाउँपालिका ओखलढुंगाले बाढीले पुरिएको उर्वर खेतको पुन: निर्माण थालेकाे हाे ।
करिब तीन महिना अघि सुनकाेशी नदिमा आएकाे बाढीले पुरिएको सुनकाेशी गाउँपालिका-१ बलखुबेंशी र वडा नं.४ काे जेराेङघाट र माेलुङ दाेभानका उर्वर खेतकाे पुन: निर्माण थालिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । धान र खेत पुरिने गरि थुप्रिएकाे ढुङ्गा, बालुवा माटाे पन्छाउने काम भईरहेकाे अध्यक्ष तामाङकाे भनाइ छ । पालिका मार्फत जेसीबीकाे व्यवस्था गरेर खेत पुन: निर्माण गर्ने काम थालिएको अध्यक्ष तामाङले जानकारी दिए ।
नदिमा आएकाे बाढीले धान सहित सयाैं राेपनी उर्वर खेत बगरमा परिणत गरेकाे थियाे ।