ओखलढुंगा बाट एक वर्षको अवधिमा करिब पाँच हजार युवा विदेशीयका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा चार हजार ९५३ जना युवाहरु रोजागारका लागि विदेशीयका हुन् । वैदेशिक रोजगारीमा जानेहरुमा महिला ६८९ जना अर्थात १४ प्रतिशत रहेका छन् भने बाँकी पुरुष छन् ।
२४औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस सन् २०२४ को अवसरमा सिद्विचरण नगरपालिका ओखलढुंगामा भएको सुचनामूलक प्रस्तुती तथा अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।
सिद्विचरण नगरपालिका, जिल्ला प्रशासन कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वय तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनालले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट प्राप्त रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा टेवा पुगेको भए पनि वैदेशिक रोजगारीमा गएका बेला उनीहरुमा परेको समस्या समाधानका लागि अझै पहल कम भएको भन्दै सबैले समन्वय गरेर काम गर्नुपर्ने बताए । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले वजैदेशिक रोजागारीमा चुनौति र अवसर दुवै रहेकोले यसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सचेतनामा जोडदिनुपर्ने बताए ।
वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सचेतनाका कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने नगर उपप्रमुख केदारबाबुु बस्नेतले उल्लेख गरे ।
सुरक्षित आप्रवासनको आधार, सुचना र सीप सहितको रोजगार भन्ने नाराका साथ २४औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२४ मनाईएको हो ।
प्रतिक्रिया