एक महिनामा चौतिस फरार प्रतिवादी पक्राउ

एक महिनामा चौतिस फरार प्रतिवादी पक्राउ


भिजन समाचार
3.7k
Shares

ओखलढुंगामा एक महिनाको अवधिमा ३४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले मंसिर महिनामा ३४ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

अदालतले सजाय र जरिवाना तोके पनि फरार रहेकाहरु मध्ये पछिल्लो एक महिनामा ३४ जनालाई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

पक्राउ गरिएका प्रतिवादीहरुलाई जरिवाना तथा कैद भुक्तानको प्रक्रिया अघि बढाउन अदालतमा पेश गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । अदालतको फैसला आदेश अनुसार केहिले दण्ड जरिवाना तिरेका छन् भने केहि सजाय भुक्तानका लागि जेल चलान भएका छन् ।

पछिल्लो समय अदालतको फैसला कायान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तिब्रता दिएको छ ।