तीस वटा घरेलु हिंसाको मुद्दा मिलापत्र

तीस वटा घरेलु हिंसाको मुद्दा मिलापत्र


भिजन समाचार
424
Shares

ओखलढुङ्गामा अधिकांश घरेलु हिंसाका घटना मिलापत्रमा टुंगिने गरेका छन् । जिल्ला प्रहरी कार्यायमा परेको घरेलु हिंसा सम्बन्धीको ३१ उजुरी मध्ये ३० वटा मिलापत्र भएका छन् ।

कार्यालयको तथ्याङ्क अनसार आर्थिक वर्ष २०८०/०८१ मा घरेलु हिंसाका ३१ वटा उजुरी परेकोमा ३० वटा मिलापत्र भएका हुन् । साहि आर्थिक वर्षमा ३८ वटा लैंगिक हिंसाका उजुरी प्रहरीमा परेका छन् । लैंगिक हिंसाका सम्पुर्ण उजुरी मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय कार्कीले बताए ।

यहि अवधिमा जबरजस्ती करणीका १४ वटा, जवरजस्ती करणी उद्योगका छ र बालयौन दुरुपयोगका दई वटा उजुरी परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा घरेलु हिंसाका १० वटा उजुरी परेकोमा नौ वटा मिलापत्र भएको कार्यालयले जनाएको छ ।

लैंगिक हिंसाका १० वटा उजुरी परेकोमा ९ वटा मिलापत्र भएका छन् । यहि अवधिमा जबरजस्ती करणीका १२ वटा र बालयौन दुरुपयोगका दुई वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।