ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको छ । शोवर्स एक्सन नेपालको सहयोगमा गाउँपालिकाका सम्पुर्ण विद्यालयका बालकक्षा देखि तीन सम्मका विद्यार्थीलाई ज्याकेट वितरण गरिएको हो ।
चिसो तथा जाडोको समयमा विद्यार्थीलाई नियमित पठन पाठनका लागि विद्यालय आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको शोवर्स एक्सन नेपालका प्रमुख आचार्य पासाङ वाङ्डुले बताए ।
अघिल्लो बर्ष कक्षा तीन देखि १२ कक्षा सम्मका विद्यार्थीलाई ज्याकेट वितरण गरिएकोमा यस बर्ष शोवर्सको सहयोगमा बाल कक्षा देखि तीन सम्मका सबै विद्यार्थीलाई ज्याकेट वितरण भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।
विद्यार्थीको आवश्यकता र गाउँपालिकाको मागको आधारमा विद्यार्थीलाई चिसो एवम् जाडो बाट जोगाउन न्यानो ज्याकेट उपलब्ध गराएकोमा सहयोगी संस्थालाई खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष शेर्पाले धन्यवाद व्यक्त गरेका छन् ।
विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको अध्यक्ष शेर्पाको भनाई छ । जाडोमा न्यानो ज्याकेट पाए पछि खिजीदेम्बाका विद्यार्थी र अविभावक खुसी भएका छन् ।
प्रतिक्रिया