महासंघको भौतिक र नैतिक विकास गर्छु : अध्यक्ष न्यौपाने

महासंघको भौतिक र नैतिक विकास गर्छु : अध्यक्ष न्यौपाने


भिजन समाचार
2.3k
Shares

नेपाल पत्रकार महासंघ ओखलढुंगाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद न्यौपानेले महासंघको भौतिक र नैतिक विकास गर्दै कार्यकाल स्वर्णीम बनाउने प्रतिवद्धता गरेका छन् । निर्विरोध निर्वाचित भएसँगै भदभार ग्रहण गर्ने क्रममा अध्यक्ष न्यौपानेले महासंघको अधुरो भौतिक संरचनालाई पुरा गर्दै नयाँ र रचनात्मक काम गर्ने प्रतिवद्धता गरेका हुन् ।

महासंघलाई आर्थिक, भौतिक र नैतिक रुपमा सक्षम बनाउने, जिल्लाका पत्रकार र मिडिया हाउसको हकहितका लागि आफुले काम गर्ने अध्यक्ष न्यौपानले बताए । यसका साथै पत्रकारहरुको क्षमता विकास, पत्रकारहरु बिचमा एकरुपता लगायत नविनतम काम गर्ने न्यौपानेको भनाई छ ।

सदरमुकाममा रहेर पत्रकारिता गर्ने पत्रकार तथा सञ्चारकर्मीका लागि महासंघको भवन परिसरमा आवास गृह बनाउन पहल गर्ने, महासंघको आर्थिक अवस्थालाई सबल बनाउन विभिन्न निकायमा पहल गर्ने महासंघको पहिलो बैठकले निर्णय गरेको छ ।

सबै उम्मेदवार निर्विराेध

महासंघको २७ औं महाधिवेशन बाट १७ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको उपाध्यक्षमा रविन श्रेष्ठ, समावेशी उपाध्यक्ष शारदा राई, सचिव मिनाकुमारी श्रेष्ठ, सहसचिव नविन धमला र स्यारोन शेर्पा, कोषाध्यक्षमा रितादेवी तामाङ्ग निर्विरोध निर्वाचित भएका हुन् ।

सदस्यहरुमा एसबी जेरो, लिला श्रेष्ठ, सरस्वती बानिया, कृष्णजित राई, प्रविण मुनाल र माया राई निर्वाचित भएका छन् ।

पत्रकारको विधान अनुसार राष्ट्रिय परिषद् सदस्यमा दीपेन्द्र रुम्दाली, प्रदेश परिषद् सदस्यहरुमा विनुमाया राई, विक्रम चेतनशिल राई र मिङ्गमार शेर्पा चयन भएका छन् । प्रदेश सदस्यमा लाक्पा जि शेर्पा निर्वाचित भएका छन् ।