तीन सय छत्तीस जनालाई व्यवसायिक सीप प्रदान

तीन सय छत्तीस जनालाई व्यवसायिक सीप प्रदान


भिजन समाचार
1.6k
Shares

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाले ३३६ जनालाई व्यवसायिक तालिम प्रदान गरेको छ । कार्यालयलको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा ओखलढुंगाका मात्रै ३३६ जनाले विभिन्न प्रकारको व्यवसायिक सीप सिकेका हुन् ।

तालिम लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर रहेको छ । तथ्यांक अनुसार ११० जना पुरुष तालिममा सहभागी भएका छन् भने २३३ जना महिलाले तालिम लिएको कार्यालय प्रमुख जितेन राईले बताए ।

नियमित र विशेष सीप विकास अन्तर्गतका तालिममा ओखलढुंगा सहित सोलुखुम्बु र खोटाङका गरि ६८८ जनाले सीपमुलक तालिम लिएका छन् । तथ्यांक अनुसार ओखलढुंगाका ३३६, खोटाङका १४८ र सोलुका १९३ जनाले तालिम लिएका हुन् ।

विभिन्न स्थानिय तहसँगको समन्वयमा उद्यमसिलता र सीपविकास तर्फ कटाई–सिलाई, आधारभूत कम्प्युटर, केश श्रंगार, ढाका बुनाई, कुक, बेकरी र होम स्टे लगायतका तालिम सन्चालन गरिएको प्रमुख राईले जानकारी दिए । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ ।