दुईलाख चोरी गरेको आरोपमा १६ बर्षीय किशोर पक्राउ

दुईलाख चोरी गरेको आरोपमा १६ बर्षीय किशोर पक्राउ


भिजन समाचार
1.7k
Shares

दुई लाख नगद चोरी गरेको आरोपमा ओलखढुङ्गामा १६ वर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–८ जरङ्गेको एक घरबाट नगद दुई लाख चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

स्थानिय नरबहादुर गुरुङको घरबाट किशोरले दुई लाख चोरी गरेको आरोप छ । पक्राउ परेका किशोरको साथ बाट ९९ हजार नगद फेला परेको ओखलढुङ्गा प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

प्रारम्भीक अनुसन्धानमा किशोरले गुरुङको घरबाट नगद चोरी गरेको स्वीकारेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । बाँकी नगद र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।