किरात राई यायोक्खा सुनकोशीको अध्यक्षमा देवेन्द्र किरात

किरात राई यायोक्खा सुनकोशीको अध्यक्षमा देवेन्द्र किरात


भिजन समाचार
1.7k
Shares

सुनकोशी गाउँपालिका किरात राई यायोक्खाको अध्यक्षमा देवेन्द्र किरात राई चयन भएका छन् । सुनकोशी गाउँपालिका–१ आम्बोटका राईको अध्यक्षतामा २१ सदस्यीय किरात राई यायोक्खा सुनकोशी शाखा गठन भएको हो ।

समितिमा उपाध्यक्ष सुनकोशी–४ चिउरीबोटका जंग बहादुर राई, सचिव डाँडाजेरोङका तुलसा राई, कोषाध्यक्ष जुना राई चयन भएका छन् । सर्वसहमतिले समिति गठन गरिएको किरात राई यायोक्खा ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईले बताए ।

सुनकोशी गाउँपालिकाको राईहरुको बसोबास रहेको वडा नं. १, ३ र ४ का प्रतिनिधीलाई समेटेर समिति गठन गरिएको अध्यक्ष राईको भनाई छ । जेरोराई समुदायको भाषा जगेर्ना, संस्कृति संरक्षण र प्रवद्र्धनका लागि काम गर्ने किरात राई यायोक्खा सुनकोशीका अध्यक्ष राईले बताएका छन् । सुनकोशी गाउँपालिकाको वडा नं.१, ४ र ३ मा किरात जेरो राईहरुको बाक्लो बसोबास छ ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष कमता तामाङ, यायाेक्खा जिल्ला सल्लाहकार तथा मुन्धुम विद देवधन राई, जिल्लाका पदाधिकारी लगायतको उपस्थितीमा समिति गठन गरिएको हो ।