५३ वर्षिय पुरुष सहित ओखलढुंगामा छ जना फरार प्रतिवादी पक्राउ

५३ वर्षिय पुरुष सहित ओखलढुंगामा छ जना फरार प्रतिवादी पक्राउ


भिजन समाचार
4.9k
Shares

ओखलढुंगा प्रहरीले छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ओखलढुंगा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ जना फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

ओखलढुंगा जिल्ला अदालतबाट जबरजस्ती करणी र हाडनाता करणी गरेको कसुरमा दोषी ठहर भई फरार रहेका ५३ बर्षीय एक परुषलाई मोलुङ गाउँपालिका–६ चेप्टेबाट पक्राउ गरेको छ । अदालतको २०८० चैत्र २५ गतेको फैसलाले दोषी ठहर भएका उनलाई १० बर्ष १ महिना २२ दिन कैद सजाय र ३ लाख ३० हजार जरिवाना तोकिएको थियो । उनको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

फैसला कार्यन्वयनलाई थप प्रभावकारी बनाउन फरार प्रतिबादी खोज तलास गर्ने क्रममा उनलाई पक्राउ गरि ओखलढुंगा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । पक्राउ परेका उनलाई कैद भुक्तान तथा जरिवाना समेत असुल उपरको लागि जिल्ला कारागार ओखलढुंगामा चलान गरिएको छ ।

यस्तै गाली बेइज्यती मुद्धामा दोषी ठहर भएका मानेभन्ज्याङ गाउँपालिका–१ का कमल बहादुर बस्नेत र चोलेन्द्र बहादुर बस्नेत, अभद्र व्यवहार मुद्धामा दोषी ठहर भएका चिशंखुगढी गाउँपालिका–८ का हितमान परियार, धनकुमारी परियार र चिशंखुगढी गाउँपालिका–३ का  सुवास परियारलाई पनि पक्राउ गरि फैसला कार्यान्वयनका लागि मंसिर २० गते अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दोषी ठहर भई फरार भएका प्रतिवादीहरुको खोजी तथा पक्राउ गर्ने कार्यलाई प्रभावकारी बनाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।