विद्यार्थीलाई विद्यालय जान ¥याफ्टीङ डुंगाको व्यवस्था

विद्यार्थीलाई विद्यालय जान ¥याफ्टीङ डुंगाको व्यवस्था



सुनकोशी नदि तरेर विद्यालय आउजाउ गर्ने ओखलढुंगाका विद्यार्थीलाई फिक्कल गाउँपालिका सिन्धुलीले ¥याफ्टीङ डुंगाको व्यवस्था गरेको छ । सुनकोशी नदि तरेर फिक्कल गाउँपालिकाकाे विभिन्न विद्यालयमा अध्ययनका लागि जाने ओखलढुंगाका विद्यार्थीलाई नदि तर्न ¥याफ्टीङ डुंगाको व्यवस्था गरिएको हो ।

फिक्कल–६ सिन्धुलीको रत्नागंगा माध्यमिक विद्यालय गेरुडाँडा र तीन खण्डे राई गाउँ आधारभूत विद्यालयमा अध्ययनरत ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. १ ढेबुवा माझीगाउँ र वडा नं. ४ जेरोङघाटका विद्यार्थीलाई ¥याफ्टीङ डुंगाको व्यवस्था गरिएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले बताईन् । फिक्कल गाउँपालिकाको पहलमा राष्ट्रिय विपद प्राधिकरण काठमाण्डौ बाट तीन वटा ¥याफ्टीङ डुंगा र लाईफ ज्याकेट उपलब्ध भएको अध्यक्ष सुनुवारले जानकारी दिईन् ।

ससस्त्र प्रहरीको विपद खोज उद्धार बेस क्याम्प खुर्कोटले दुई जना स्थानिय युवालाई डुंगा चालक सम्बन्धी तालिम प्रदान गरेको छ । डुंगा ड्राईभरको व्यवस्था गाउँपालिकाले गरेको अध्यक्ष सुनुवारले बताईन् । 

यस अघि सुनकोशी गाउँपालिका ओखलढुंगाको वडा नं.१ ढेवुवा माझीगाउँ र वडा नं.४ जेरोङघाटका २६ जना विद्यार्थी गाडीको थोत्रो टालटुल गरेको ट्युव चढेर विद्यालय जान्थे । गत असोज १२ गते सुनकोशी नदिमा आएको बाढीले ढेबुवा घाटको झोलुङ्गे पुल बगाए पछि यहाँका स्थानिय र विद्यार्थी जोखिम मोलेर ट्युव चढेर नदि वारपार गर्न बाध्य थिए ।

विद्यार्थीको लागि मात्र ¥याफ्टीङ डुंगाको व्यवस्था गरिएको भए पनि स्थानियलाई समेत निःशुल्क सुविधा दिने योजना रहेकाे फिक्कल गाउँपालिकाकी अध्यक्ष सुनुवारले बताईन् ।  ¥याफ्टीङ डुंगा सञ्चालन भए सँगै ओखलढुंगाको ढेबुवाघाट, जेरोङघाट, साँदी, गैरीजेरोङ, चिउरीबोट र डाँडाजेरोङ लगायतका स्थानियलाई उदयपुरको घुर्मी बजार साथै काठमाण्डौ लगायतका शहर जान आउन सहज हुने विश्वास गरिएको छ ।

यस अघि सुनकोशी गाउँपालिका ओखलढुंगाले पनि यहाँ ¥याफ्टीङ डुंगाको व्यवस्था गर्ने जनाएको थियो । तर गाउँपालिकाले अहिले सम्म डुंगाकाे व्यवस्था गरेकाे छैन । नदिले पुल बगाए सँगै यस क्षेत्रका नागरिकको दैनिकी असहज बनेको छ ।