ओखलढुंगा सदरमुकामको बाटोमा सधैको जोखिम

ओखलढुंगा सदरमुकामको बाटोमा सधैको जोखिम


भिजन समाचार
5.6k
Shares

ओखलढुंगा सदरमुकाम बजार क्षेत्रको बाटो साँघुरो त्यस माथि ठाडै उकालो अनि ओरालो पनि छ । सिद्धिचरण नगरपालिका–११ र १२ मा पर्ने सदरमुकाम बजारको अधिकांश बाटो साँघुरो अनि उकालो र आरालो छन् । बजार क्षेत्र भएकाले मानिस र सवारी आवत जावत पनि बाक्लै हुन्छ ।

सदरमुकामको बाटोमा जुनसुकै बेला सवारी दुर्घटनाको जोखिम छ । केही दिन अघि सदरमुकाम क्षेत्रको भैरव टोलमा सुमो दुर्घटना भयो । ठाडै उकालो बाटो चढ्न नसक्दा सुमो पछि सरेर सडक किनाराको पसल भित्र छि¥यो ।

मोलुङ गाउँपालिकाको प्राप्चा बाट काठमाण्डौका लागि छुटेको ना १ ज ६५१० नम्बरको सुमो भैरव टोलमा दुर्घटना भएको हो । गाडी उकालो चढ्न नसकी पछाडी सरेर पसलको सटरमा ठोक्कीए पनि मानविय क्षति भएन । चालक सहित नौ जना यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सदरमुकामको गणेशटोल, भैरवटोल, रामबजार क्षेत्रका सडकमा सधैको जोखिम छ । साँघुरा र धेरै उकालो ओरालो सकडका कारण सावारी दुर्घटनाको उच्च जोखिम छ । सानो सडक भएकाले दोहोरो सवारी सञ्चालन गर्न कठिन छ । बिद्यार्थी विद्यालय जाने आउने समय र मानिसको चाप भएको समयमा मोटरसाईकल लगायत साना सवारी सञ्चालन गर्न सदरमुकामको बजार क्षेत्रमा जोखिम छ ।