जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा ‘क्यु आर’ काेड स्क्यान गरेर गुनासो राख्न मिल्ने व्यवस्था सुरु गरिएकाे छ ।सेवाग्राहीका गुनासो सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय तीन वटा ‘क्यु आर कोड’ को व्यवस्था गरेको छ ।
सेवाग्राही तथा जिल्लाका नागरिकका गुनासो एवम् जिज्ञासा सिधै सम्बोधन गरि सेवा प्रवाहलाई थप प्रभावकारी र जवाफदेही बनाउन यो सुविधा ल्याइएको प्रशासकीय अधिकृत अनुप पाैडेलले बताए । सेवा प्रवाह र जिल्लाका समस्या तथा गुनासो प्रत्यक्ष प्रमुख, प्रमुख जिल्ला अधिकारी र कार्यालयले सम्बोधन गर्न सकिने गरि ‘क्यु आर’ काेडको व्यवस्था गरिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
यसले प्रशासनको सेवा प्रवाहलाई थप चुस्त दुरुस्त र सेवाप्रवाह जनमैत्री बनाउने कार्यालयकाे उद्देश्य रहेकाे छ । केही दिन अघि गृहमन्त्री रमेश लेखकसँग भएको भर्चुअल बैठकका क्रममा गुनासो सुनुवाई संयन्त्र स्थापना गर्न निर्देशन र मन्त्रालयको परिपत्र अनुसार प्रशासनको सेवाप्रवाह साथै समग्र जिल्लाको शान्ति सुरक्षा, सुशासन र कार्यालयको सेवा प्रवाहका बिषयमा प्रत्यक्ष गुनासो सुन्ने गरि ‘क्यु आर कोड’ को व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए । माबाईल मार्फत क्यु आर काेड स्क्यान गरेर गुनासाे तथा जिज्ञासा राख्नका लागि कार्यालयले आग्रह गरेकाे छ ।
प्रतिक्रिया