थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु भएको छ । अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य दश जना घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको सामुत साखोन प्रहरी अधिकारीले बताएका छन् ।
दुर्घटनाको कारणबारे इन्जिनियर र प्रहरीको टोलीले अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा अधिकारीहरूले अत्यधिक भारका कारणले दुर्घटना भएको आशङ्का गरेका छन् ।
गत मार्चमा बैङ्ककको पूर्वमा रहेको कारखानामा निर्माण कार्यका क्रममा क्रेन खस्दा सात जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया