एजेन्सी । आज सोमबार जापानको उत्तर–पूर्वी क्षेत्रमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । इवाते प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको यस भूकम्पको कडा झड्का राजधानी टोकियोसम्म महसुस गरिएको थियो ।
सुरुमा भूकम्पको तीव्रता ७ दशमलव ४ म्याग्निच्युड भनिए पनि पछि जापान मौसम विज्ञान एजेन्सीले यसलाई बढाएर ७ दशमलव ७ कायम गरेको जनाएको छ । भूकम्प लगत्तै इवाते, आओमोरी र होक्काइडोका तटीय क्षेत्रमा ३ मिटरसम्म अग्लो सुनामी आउन सक्ने भन्दै “मेजर सुनामी वार्निङ” जारी गरिएको छ ।
तटीय क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै सुरक्षित र उच्च स्थानमा जान निर्देशन दिइएको छ । भूकम्पका कारण बुलेट ट्रेन सेवाहरू प्रभावित भएका छन् भने केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । अधिकारीहरूले समुद्री किनार तथा नदीका मुहानबाट टाढा रहन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया