ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका पाँच जना युवाले जोखिम मानिने आमाडब्लम हिमालको सफल आरोहण गरेका छन् । खिजिदेम्बाका पाँच र अन्य चार जना कोरियाली आरोहीले आमाडब्लम हिमालको सफल आरोहण गरेका हुन् ।
खिजिदेम्बा–९ का पिके ट्रेक एण्ड एक्पीडिसनका डाइरेक्टर ङावा पेम्बा शेर्पा, पात्ले शेर्पा किदुगका महासचिव टेण्डु शेर्पा, छिरिङ शेर्पा साथै वडा नं. ५ का फुर्वा शेर्पा र टेण्डु शेर्पा हिमाल आरोहण गरेका हुन् ।
गत नोवेम्बर २१ तारिखका दिन विहान १० ः ३० बजे उनिहरुले छ हजार ८१२ मिटर उचाईको आमाडब्लम हिमाल आरोहण गरेका थिए ।
यसैवीच एसेन्ट एड ट्रेक एण्ड एक्पीडिसन बाट खिजीदेम्बा–९ का मिङमार डि शेर्पाले पनि नोवेम्बर २० मा सोही हिमालको आरोहण गरेका थिए ।
प्रतिक्रिया