विद्यार्थीलाई सुनकोशी नदि तर्न ¥याफ्टिङ डुंगाकाे व्यवस्था गरिने

विद्यार्थीलाई सुनकोशी नदि तर्न ¥याफ्टिङ डुंगाकाे व्यवस्था गरिने



सुनकोशी गाउँपालिका ओखलढुंगाले विद्यार्थीलाई विद्यालय जान आउन ¥याफ्टिङ डुंगाकाे व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको वडा नं.१ ढेवुवा माझीगाउँ र वडा नं.४ जेरोङघाटका विद्यार्थीलाई विद्यालय जान आउन गाउँपालिकाले ¥याफ्टिङ डुङ्गाको व्यवस्था गर्ने भएको हो ।

गत असोज १२ गते सुनकोशी नदिमा आएको बाढीले ढेबुवा घाटको झोलुङ्गे पुल बगाए पछि फिक्कल गाउँपालिका सिन्धुलीको आधारभूत विद्यालय राई गाउँ तीनखण्डे र गेरुडाँडाको विद्यालयमा अध्ययनरत ढेबुवा र जेरोङघाटका विद्यार्थी विद्यालय जानबाट बन्चित भएका थिए ।

ढेबुवा माझिगाउँको १४ जना र जेरोङघाटको पाँच जना बालबालिकालाई विद्यालय जान आउन समस्या भएको ढेबुवाका रहबहादुर माझिले बताए । अहिले गाडीको थोत्रो ट्युव टालटुल गरेर यहाँका  बालबालिकालाई सुनकोशी नदि वारपार गर्ने गरिएको माझीको भनाई छ ।

गाउँ कार्यपालिकाको बैठक बसेर ढेबुवा, जेरोङघाटमा तत्काल आधुनिक ¥याफ्टिङ डुङ्गाको व्यवस्था गर्ने निर्णय गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले बताए । सके सम्म खरिद गर्ने नभए पनि पुलको व्यवस्था नहुन्जेल सम्मका लागि भाडामा ल्याएर भए पनि विद्यार्थी र स्थानियको सहजताका लागि ¥याफ्टिङ डुङ्गा सञ्चालन गरिने अध्यक्ष तामाङले जानकारी दिए ।

¥याफ्टिङ डुङ्गा सञ्चालन भए पछि ढेबुवा, जेरोङघाट, साँधी, गैराजेरोङ, चिउरीबोट र डाँडाजेरोङ लगायतका स्थानियलाई उदयपुरको घुर्मी बजार साथै काठमाण्डौ लगायतका शहर जान आउन सहज हुने विश्वास गरिएको छ । नदिले पुल बगाए सँगै यस क्षेत्रका नागरिकको दैनिकी असहज बनेको छ ।