दशै तिहारको अवसरमा ओखलढुङ्गामा ४७ लाख भन्दा बढीको चामल विक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय ओखलढुङ्गाले सञ्चालन गरेको सुपथ मुल्य पसल बाट ४७ लाख ७८ हजार बराबरको चामल विक्री भएको हो ।
सेवा ग्राहीले दुई लाख ८९ हजार १२५ रुपियाँ छुट पाएका छन् । कम्पनीले दसैँ, तिहार लगायत छठ पर्वलाई लक्षित गरी सञ्चालन गरेको सहुलियत मुल्य पसलबाट १५ सय जना सेवाग्राहीले चामल खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख मौसम माझीले बताए ।
गत असोज ७ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सहुलियत मुल्य पसलबाट कुल ५९८.५० क्वीन्टल चामल बिक्री भएको प्रमुख माझीले जानकारी दिए । जसमा स्टिम जिरा मसिनो चामल ३०६.२५ क्वीन्टल र अरुवा सोना मंन्सुली चामल २९२.२५ क्वीन्टल बिक्री भएको छ ।
स्टिम जिरा मसिनो २७ लाख २५ हजार ६६५ र अरुवा सोना मन्सुली १७ लाख ५३ हजारर ५०० को बिक्री भएको छ । छुट दिएको दुई लाख ८९ हजार १२५ सहित कुल ४७ लाख ७८ हजार ३७५ मुल्य बराबरको चामल बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयले प्रति किलो पाँच रुपैयाको दरले छुट दिएको थियो ।
प्रतिक्रिया