गाेविन्द हार्डवयर तेश्राे पटक उत्कृष्ट करदातामा सम्मानित

गाेविन्द हार्डवयर तेश्राे पटक उत्कृष्ट करदातामा सम्मानित



ओखलढुंगाकाे गाेविन्द हार्डवयर सप्लायर्स तेश्राे पटक उत्कृष्ट कर दाताकाे रुपमा सम्मानित भएकाे छ । करदाता सेवा कार्यालय ओखलढुंगाले राष्ट्रिय कर दिवसका अवसरमा हार्डवयर लाई सम्मान गरेकाे हाे ।

यस सँगै साेलुखुम्बुकाे च्याल्सा जलविद्युत कम्पनी पनि सम्मानित भएकाे छ । आर्थिक वर्ष ०७९/०८० मा सबैभन्दा बढी कर तिर्ने सिद्धिचरण नगरपालिका–१२ ओखलढुंगाकाे गाेविन्द हार्डवेयर सप्लायर्स प्रा.लि र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालीका-५ सल्लेरीमा रहेकाे च्याल्सा विधुत कम्पनी लिमिटेडलाई सम्मान गरिएकाे कार्यालय प्रमुख अर्बिन रानाभाटले बताए ।

गोविन्द हार्डवेयरले आय कर र मुल्य अभिवृद्धि कर गरि २९ लाख ४० हजार कर दाखिल गरेको थियो भने सोलुको च्याल्सा विधुत कम्पनीले आयकर वापत ५३ लाख ९५ हजार कर रकम दाखिल गरेको थियो ।
सम्मानित हुने करदातालाई उद्योग बाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के ,सोलुखुम्बु उद्योग वाणिज्य संघका अध्यक्ष रामलाल श्रेष्ठ, करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत रानाभाट करदाता लगायतले सम्मानपत्र र खादा सहित सम्मान गरेका थिए ।
यसैबिच राष्ट्रिय कर दिवसको अवसरमा ओखलढुंगामा साताभर सचेतनाका कार्यक्रम गरिएको छ ।

‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मंसिर १ गते देखि ७ गतेसम्म साताव्यापी रुपमा कर शिक्षाबारे सचेतनामूलक कार्यक्रम गरिएको कर अधिकृत रानाभाटले बताए ।
दिवसको अवसरमा जिल्ला सदरमुका सहित जिल्लाभर विभिन्न जनचेतनामूलक कार्यक्रम भएको करदाता सेवा कार्यालय ओखलढुंगाले जनाएको छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते देखि साताव्यापी रुपमा राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।

जिल्लामा स्थानीय संचार माध्यमबाट र सदरमुकाममा माइकिङ लगायतका कार्यक्रम गरि करको बारेमा सचेतना प्रदान गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयबाट स्थानी लेखा नम्बर दर्ता नविकरण, अन्तःशुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ । कार्यालयले सोलखुम्बुको पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुंगा र सोलुखुम्बुका सबै पालिकालाई सेवा दिने गरेको छ ।