ओखलढुङ्गामा घटेन डेंगी संक्रमण दर, ८४ जनालाई पुष्टि

ओखलढुङ्गामा घटेन डेंगी संक्रमण दर, ८४ जनालाई पुष्टि


भिजन समाचार
530
Shares

ओखलढुङ्गामा डेंगी संक्रमण दर बढ्दो क्रममा रहेको छ । हाल सम्म ८४ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमण दर बढे पनि जिल्लाका स्थानिय तहहरुले न्युनिकरणका लागि कुनै अभियान सञ्चालन गरेका छैनन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाको तथ्याङ्क अनुसार हाल सम्म ८४ जनालाई डेंगी लागेको पुष्टि भएको हो । कार्यालयका सूचना अधिकारी विनोद पोखरेलका अनुसार ३८ जना पुरुष र ४६ जना महिला गरि ८४ जनालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी पोखरेलले बताए । वहाहरुले घरमै बसेर उपचार गरएका छन् । ओखलढुङ्गा सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रानिबन स्वास्थ्य चौकीमा डेंगी परिक्षण हुनेगरेको छ ।

डेंगी संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट बच्ने बारे सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । घर, कार्यालय वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पुरा बाहुला भएको कपडा लगाउन आग्रह गरिएको छ ।

डेंगी लागेको शंका लागेमा वा अत्याधिक टाउको दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने लगायतका स्वास्थ्य समस्या भएमा तत्काल परिक्षण गराएर उपचार गराउन स्वास्थ्य कार्यालयले जिल्ला बासीलाई आग्रह गरेको छ ।