ओखलढुंगामा यस बर्षको दशै शान्तिपुर्ण भएको छ । यस बर्षको दशैँमा जिल्लामा सोमबारसम्म कतै पनि आपराधिक र अवान्छित गतिविधि नभएका हुन् ।
कतैकतै सामान्य वादविवादका घटना भएका भए पनि प्रहरी र प्रशासनसम्म उजुरी नै आउने गरि कुनै त्यस्ता घटना नभएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए ।
चाडवर्प लक्षित सुरक्षा योजना कडाईका साथ लागु गरिएको र आम नागरिकले पनि जिम्मेवार भएर चाडपर्व मनाएकोले कुनैपनि घटना तथा दुर्घटना नभएको उनको भनाई छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न र चाडपर्वलाई शान्तिपर्ण, मर्यादित तथा सुरक्षित बनाउन चाडवर्प लक्षित विशेष सुरक्षा योजना लागु भइरहेको छ ।
प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थापनलाई ख्याल गर्दै विषेश सुरक्षा योजनाका साथ अघि बढेकाले चोरी ढकैती, लुटपाट, झैझगडा तथा अन्य आपराधिक घटनाहरु नभएका हुन् । दशैँ तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर जिल्लामा सादा पोशाक सहित बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
दसैँ जस्तै तिहारलाई पनि शान्तिपुर्ण बनाउन र अवान्छित गतिविधि रोक्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना कडाईका साथ लागू हुने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया