बाढीले पुल बगाउदा विद्यार्थीको अध्ययन अवरोध

बाढीले पुल बगाउदा विद्यार्थीको अध्ययन अवरोध



गत शनिबार सुनकोशी नदिमा आएको बाढीले पुल बगाए पछि विद्यार्थी परिक्षा बाट बञ्चीत भएका छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखु र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने सुनकोशी नदिको पुल बाढीले बगाए पछि जेरोङघाट र ढेबुवा माझीगाउँका विद्यार्थी परिक्षा दिन बाट बञ्चीत भएका हुन् ।

सुनकोशी गाउँपालिका–१ ढेबुवामाझि गाउँका १४ जना बालबालिका यही झोलुंगे पुल तरेर फिक्कल गाउँपालिका सिन्धुलीको गेरुडाडाँ माध्यमिक विद्यालय र तीखण्डेको आधारभूत विद्यालय राई गाउँ जाने गरेका थिए । बाढीले पुल बगाए पछि बालबालिकाको विद्यालय आउजाउ गर्ने बाटो बन्द भएको ढेबुवाका रहबहादुर माझीले बताए । विद्यार्थीहरुको परिक्षा चलिरहेको थियो, परिक्षा पनि छुटेको माझीको भनाई छ ।

यसका साथै सुनकोशी गाउँपालिका–४ जेरोङघाटका नौ जना विद्यार्थीको पनि परिक्षा छुट्नुका साथै विद्यालय जाने बाटो बन्द भएको राजिव राईले बताए । वारी जेरोङघाट र ढेबुवाघाट बाट पारी फिक्कल गाउँपालिका सिन्धुलीको गेरुडाडाँ र तीनखण्डेको विद्यालयमा अध्ययन गर्न जाने सबै विद्यार्थीको पढाई अवरुद्ध भएको राईको भनाई छ ।

अब उनिहरु करिब तीन घण्टा टाढामा रहेको मानेभञ्ज्याङ गाउँपालिका–७ को हर्कपुर माध्यमिक विद्यालय जान बाहेक विकल्प नभएको स्थानियको भनाई छ । गत असोज १२ गतेको बाढीले पुललाई सुनकोशी नदिमा आएको बाढीले पुर्ण रुपमा बगाएको छ ।

यसका साथै साँधी, गैरीजेरोङ, डिम्फुल, चिउँरीबोट, जेरोङघाट र ढेबुवाका स्थानियलाई दैनिक उपभोग्य सामान किन्न उदयुरको घुर्मीबजार आउजाउ गर्ने सहज मार्गको अन्त्य भएको छ । चाढै पुल पुनःनिर्माणका लागि यहाँका स्थानियले अनुरोध गरेका छन् । पुनको पुन निर्माणका लागि सम्बन्धीत निकायमा पहल गरिएको जिल्ला विपद व्यवस्थापन समिति ओखलढुङ्गाले जनाएको छ ।

यसैविच सनुकाेशी गाउँपालिका-१ थुल्मेघाट साथै वडा नं. २ काे पञ्चकन्या र गाेठचउरमा रहेकाे झाेलुंगे पुललाई बाढीले क्षति गरेकाे छ । मानिसहरुले जाेखिम माेलेर याे बाट आउजाउ गर्ने गरेका छन् । क्षति भएका पुलहरुकाे दशै अगाडी नै मर्मत गर्न पहल भईरहेकाे सुनकाेशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताईन् ।