बलखुको सयौं रोपनी धानबाली बाढीले नष्ट

बलखुको सयौं रोपनी धानबाली बाढीले नष्ट



सयौं रोपनी क्षेत्रफल खेतमा पाक्न लागेको धानबाली सुनकोशी नदिमा आएको बाढीले नष्ट गरेको छ । सुनकोशी गाउँपालिका–१, ओखलढुङ्गाको बलखुबेसीँ, खुजिंकुना, ढुेबुवाघाट वडा नं.२ को कटुवाबेसीँ, गौडा साथै वडा नं.४ को जेरोङघाट र मोलुङ दोभानमा बाढीले खेत सँगै धानबाली नष्ट गरेको हो ।

बलखुबेसीँको तलिबेसीँमा करिब १५२ रोपनी क्षेत्रफलको धानबाली बाढीले नष्ट गरेको सुनकोशी गाउँपालिका–१ का वडाअध्यक्ष प्रकाश सापकोटाले बताए । बाढीले पाक्न लागेको धानबाली नष्ट गर्नुका साथै खेत बगरमा परिणत भएको वडाअध्यक्ष सापकोटाले जानकारी दिए ।

सोही वडाको खुजिंकुनामा करिब १५ रोपनी क्षेत्रफलमा लगाईएको धान र खेतमा क्षेति पुगेको सापकोटाको भनाई छ । वडा नं.२ को कटुवाबेसीँ, गौडामा करिब ५० रोपनी खेतमा लगाईएको धान बाढीले नष्ट गरेको सुनकोशी गाउँपालिकाको प्रवक्ता समेत रहेका सापकोटाले बताए ।

यसै गरि वडा नं.४ को जेरोङघाट र मोलुङ दोभानमा समेत सयौं रोपनी खेत र धानबालीमा क्षेती पुगेको बताईएकोछ । माझी वस्ती ढेबुवामा करिब १०० रोपनी क्षेत्रफलमा लगाईएको खेतीमा क्षेती पुगेको छ । बाढीले प्रभावित क्षेत्रहरुमा अनुगमन गरी क्षेतिको एकिन विवरण संकलन गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।

यसका साथै जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर र टोक्सेलमा पनि बाढीले धान खेत र बालीमा क्षेति पु¥याएको छ । बाढी, पहिरोले जिल्लाको कुन कुन स्थानमा के कति क्षेति ग¥यो भन्ने विषयमा अध्ययन र विवरण संकलनको काम थालिएको जिल्ला विपद व्यवस्थापन समिति ओखलढुङ्गाले जनाएको छ ।