हर्कपुरको पुल बाढीको उच्च जोखिममा

हर्कपुरको पुल बाढीको उच्च जोखिममा


भिजन समाचार
0
Shares

सुनकोशी नदिमा आएको बाढीका कारण ओखलढुङ्गाको मानेभञ्ज्यांग गाउँपालिका–७ हर्कपुरमा रहेको मोटोरेवल पुल उच्च जोखिममा परेको छ । सुनकोशी नदिमा आएको बाढीले पुल भेट्टाई सकेको छ ।

यस सँगै नदि बस्ती पसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । नदिले पुलको दुवै पट्टीको जग कटान गरेको छ । सडक भासिएको स्थानियले बताएका छन् ।

पुलमा सवारी आवागमन ठप्प भएका छन् । यस सँगै सुनकोशी गाउँपालिका ओखलढुङ्गा र फिक्कल गाउँपालिका जोड्ने सुनकोशी नदिको तीन वटा झोलुंगे पुलमा क्षति पुगेको छ । ओखलढुङ्गा सिन्धुली जोड्ने गोठचउर, पञ्चकन्या र थुल्मेघाटको झोलुंगे पुललाई नदिले क्षती पु¥याएको हो ।

केहि दिन देखिको निरन्तर वर्षाका कारण जिल्लाका मुख्य तथा सहायक सडकहरु अवरुद्ध भएका छन् ।