प्रहरी द्वारा ४५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट

प्रहरी द्वारा ४५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट


भिजन समाचार
2.8k
Shares

प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । सिद्धिचरण नगरपालिका–२ मा करिब ४५ लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

भदाैरे बाट ओखलढुंगा मिलन चोक तर्फ ल्याउदै गरेको अवस्थामा १७ वटा डीउकाे बोतलमा रहेको उक्त परिमाणको अवैध घरेलु मदिरा फेलापारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । निशंखे प्रहरी चौकी बाट प्रहरी सहायक निरीक्षक रमेश प्रसाद पटेलको कमाण्डमा खटिएको टोलीले सवारी चेकजाचका क्रममा मदिरा फेला पारेको बताईएको छ ।

करिब ४५ लिटर घरेलु अबैध मदिरा बरामद गरी जनप्रतिनिधी र स्थानियको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।