ओखलढुंगामा व्यवसायीक कृषि गर्ने कृषकहरुलाई तालिम दिइएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले प्रत्येक पालिकाका दुई जना र उत्कृष्ट कृषक गरि १९ जनालाई तीन दिने व्यवसायीक तालिम दिएको हो ।
तालिममा तरकारी खेती गर्ने तरिका, विषादी नियन्त्रण, प्रांगारिक मल निर्माण लगायतका बिषयमा शैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख टिका बानियाँले बताए । व्यवसायीक तरकारी खेती गरिरहेका कृषकलाई तरकारी खेती प्रवद्र्धन र विषादी नियन्त्रणका लागि तालिम दिइएको प्रमुख बानियाँको भनाई छ ।
तालिम आफुहरुको लागि अति उपयोगी रहेको सहभागीहरुले बताएका छन् । सिकेकाे सीपलाई व्यवहारमा लागु गरेर व्यवसायीक तरकारी खेती गर्ने सहभागिहरुले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया