अपाङ्गता जागरण मञ्चको अध्यक्षमा कमलकृष्ण तामाङ चयन भएका छन् । मञ्चको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन बाट तामाङको अध्यक्षता १३ सदस्यीय कार्यसमिती चयन भएको छ ।
उपाध्यक्ष देविध्वज सुनुवार, सचिव अञ्जना सुनुवार, सह–सचिवमा भलराज तामाङ, कोषाध्यक्ष मेघराज मिमिरे र सदस्यहरुमा कमल कुमारी श्रेष्ठ, निरुता भुजेल, लोक बहादुर मगर, गेल्जे शेर्पा, तेजनारायण श्रेष्ठ, शान्तमाया तामाङ, कामी शेर्पा र लाङिमा शेर्पा चुनिएका छन् ।
तामाङ पुनः अध्यक्षमा चुनिएका हुन् । खिजिदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष सुशीला तामाङ लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
कार्य समिती गठनका लागि निर्वाचन मण्डलमा संयोजक (सीबीआर) खिजिदेम्बाका टिम लिडर प्रेम जीसी, सदस्य सचिव किशोर सुनुवार र सदस्य मिना सुनुवार थिए ।
प्रतिक्रिया