नगर प्रहरीले गरे कृष्ण मन्दिर परिसरमा सरसफाई

नगर प्रहरीले गरे कृष्ण मन्दिर परिसरमा सरसफाई


भिजन समाचार
1.7k
Shares

श्रीकृष्ण जन्मअष्टमी पर्व नजिकिदै छ । सोही अवसरमा ओखलढुंगा सदरमुकाममा रहेको कृष्ण मन्दिरमा सरसफाई गरिएको छ । सिद्धिचरण नगरपालिकाको नगर प्रहरी र सरसफाई कर्मचारीले कृष्ण मन्दिरमा सरसफाई गरेका हुन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सदरमुकामको कृष्ण टोलमा रहेको कृष्ण मन्दिर परिसरमा सरसफाई गरिएको नगर प्रहरी प्रमुख एवम् सहायक निरीक्षक टेकप्रसाद अधिकारी (सन्तोष) ले बताए ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा उक्त मन्दिरमा श्रद्धालु भक्तजन आउने गर्दछन् । सफा, स्वच्छ, स्वस्थ र सुन्दर नगर बनाउन अभियान नै सञ्चालन गरेर नगर प्रहरी र सरसफाई कर्मचारीले बजार क्षेत्र, पार्क, मठमन्दिर, सम्पदा र सार्वजनिक स्थलमा नियमित सरसफाई गर्दै आएका छन् ।
यसैबिच जनहित सेवा समाज गुठी सिद्धिचरण नगरपालिका–१२ को आयोजनामा आगामी मंगलबार श्रीकृष्ण रथयात्रा निकालिने भएको छ । कला, धर्म, संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने उद्वेश्यले विगतका बर्षझै यस बर्ष पनि श्रीकृष्ण रथयात्रा निकालिने गुठीले जनाएको छ ।