बलात्कार मुद्दामाः ८६ वर्षिय वृद्ध धरौटीमा रिहा, दुई जना जेल चलान

बलात्कार मुद्दामाः ८६ वर्षिय वृद्ध धरौटीमा रिहा, दुई जना जेल चलान


भिजन समाचार
5k
Shares

बलात्कार मुद्दामा पक्राउ परेका तीन मध्ये ८६ वर्षिय वृद्ध धरौटीमा छुटेका छन् । एक युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मानेभञ्ज्याङ गाउँपालिका-९ का ८६ वर्षिय कपिलमणी गौतम धरौटीमा छुटेका छन् ।
ओखलढुंगा जिल्ला अदालतको आदेश अनुसार गौतम धराैटीमा छुटेका हुन् । सोही मुद्दामा पक्राउ परेका अन्य दुई जना अदालतको आदेश अनुसार पुर्वक्षका लागि कारागार चलान भएका छन् । मानेभञ्ज्याङ गाउँपालिका-९ कै ६३ वर्षिय नन्दलाल गौतम र ५० वर्षिय केशर प्रसाद बास्तोला पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
ओखलढुंगा जिल्ला अदालतले थुुनामा पठाउन गरेको आदेश अनुसार आरोपित मध्ये बास्तोला र गौतमलाई पुर्पक्षका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख कृष्ण खड्काले बताए । एक युवतीलाई तीन जनाले फरक फरक मिति र स्थानमा जवरजस्ती करणी गरेको खुलेको छ । साेही आराेपमा प्रहरीले तीनै जनालाई पक्राउ गरि अनुसन्धान थालेकाे थियाे ।