सिद्धिचरणका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई विपद् पूर्वतयारी र प्रतिकार्य तालिम

सिद्धिचरणका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई विपद् पूर्वतयारी र प्रतिकार्य तालिम


भिजन समाचार
583
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।

जुनेली नेपालको आयोजना तथा सम्बन्धित वडाहरुको समन्वयमा सिद्धिचरण नगरपालिका ८, ९ र १० नम्बर वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिका स्तरीय विपद् व्यवस्थापन समिति लगायतलाई तालिम दिइएको हो ।

विपद्जन्य घटनाको रोकथाम र न्यूनीकरणको लागिशैद्धान्तिक र व्यवहारिक तालिम प्रदान गरिएको जुनेली नेपालका सामाजिक परिचालक तेज कुमार श्रेष्ठले जानकारी दिए । तालिममा विपदका बेला सरोकारवालाले निभाउनुपर्ने भूमिकाको बिषयमा व्यवहारिक रुपले अभ्यास समेत गरिएको उनले बताए । तालिम आइतबार र सोमबारसम्म सञ्चालन भएको थियो ।

एक कार्यक्रमका बिच सोमबार तालिमको समापन गरिएको हो । समापन कार्यक्रमको अवसरमा सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले विपद् पछिको प्रतिकार्य भन्दा विपद् नै हुन नदिनु महत्वपूर्ण रहेको बताए । सावधानी सतर्कता अपनाउदा पनि विपद् आइपर्ने भइकाले जनधनको क्षति न्यूनीकरणको लागि यस किसिमका तालिम सहयोगीसिद्ध हुने उल्लेख गरेका छन् ।

तालिममा बाढी पहिरो, आगलागी लगायतका विपद पुर्वतयारी र प्रतिकार्यको बिषयमा प्रशिक्षण दिइएको जुनेली नेपालले जनाएको छ ।