कार्यसम्पादनमा ३७ औं नम्बरमा ओखलढुंगा

कार्यसम्पादनमा ३७ औं नम्बरमा ओखलढुंगा


भिजन समाचार
3.7k
Shares

देशभरका जिल्ला प्रशासन मध्ये जिल्ला प्रशासन कार्यालय ओखलढुंगा अति उत्कृष्टको सूचीमा परेको छ । आर्थिक वर्ष २०८०-०८१ को कार्य सम्पादन मूल्याङ्कनको आधारमा ९२.८७ प्रतिशत अंक प्राप्त गर्दै अति उत्कृष्टको सूचीमा परेको हो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच हरेक वर्ष हुने कार्यसम्पादन सम्झौताको कार्यान्वयनको मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार विभिन्न सूचकहरूको आधारमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगा ३७ औं स्थानमा परेको छ ।

आगामी दिनमा सर्वोत्कष्ट बनाएर एक नम्बरमा ल्याउने गरि आफुले कार्यसम्पादन गर्ने योजना रहेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, बजार अनुगमन, विपद जोखिम न्यूनीकरण र मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्य सम्पादन मूल्यांकन हुने गरेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।

कार्य सम्पादनमा देशैभरबाट रुपन्देही पहिलो, पाल्पा दोस्रो र जिल्ला प्रशासन कार्यालय बागलुङ तेस्रो भएको छ । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०-०८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषा भने ७६.२५ प्रतिशत अंक प्राप्त गर्दै आर्थिक वर्ष २०८०-०८१ को मूल्यांकनमा ७७ औ नम्बरमा पर्दै अन्तिम भएको छ ।

कार्यसम्पादनमा ५७ जिल्ला प्रशासन कार्यालयले ल्याए ९०भन्दा बढी अंक

कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।

रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १०को सूचीभित्र परेका छन् ।