ओखलढुंगामा पुरुषले आत्महत्याको प्रयास गरेपछि बलात्कारको घटना सार्वजनिक भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ९ का ५० वर्षिय केशरप्रसाद बास्तोलाले आत्महत्याको प्रयास गरेपछि प्रहरी अनुसन्धान हुँदा बलात्कारको मुद्दाबाट जोगिन उनले आत्महत्याको प्रयास गरेको घटना बाहिर आएको हो ।
साउन ७ गते राती ११ः३० बजेको समयमा अपरिचित ३ जना व्यक्तिहरु आएर घर नजिकैको झोलुङ्गे पुलमा लगि नगद लुटेको, धारिलो हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट समेत गरी मोलुङ् खोलामा फ्यालिदिएको बताएका बास्तोलाले अन्ततः बलात्कार घटनाबाट जोगिन आफैंले आत्महत्या प्रयास गरेको खुलेको हो ।
बास्तोलाले आफ्नो हत्या प्रयास भएको बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा निज बास्तोलाले एक युवती लाई पटक–पटक जवरजस्ती करणी गर्ने गरेको, युवतीको गर्भ बसेको, उक्त अपराधलाई ढाकछोप गर्न पिडीतको गर्भपतन गराउन साउन ६ गते काठमाण्डौ पठाएको र घटनाको सम्बन्धमा अस्पताल प्रशासनले प्रहरी समेतलाई जानकारी गराईसकेको सूचना पाएपछि जवरजस्ती करणीको घटनालाई बिषयान्तर र ढाकछोप गर्न घरमै रहेको चुप्पी (धरिलो हतियार) ले आफैंले आफैंलाई प्रहार गरी आत्महत्याको प्रयास गरेको खुलेको प्रहरी निरीक्षक बिजय कार्कीले बताए । बलात्कारको घटना बाहिरिएपछि आत्माग्लानी भई कानुन र समाजबाट बच्न आत्महत्याको प्रयास गरेको बास्तोलाले प्रहरीमा बयान दिएका छन् ।
प्रहरीका अनुसार ती युवतीलाई बास्तोलासमेत ३ जनाले जवरजस्ती करणी गर्ने गरेको खुलेको छ । एउटै युवती बलात्कार आरोपमा ५० वर्षिय बास्तोलासहित, ६३ वर्षिय नन्दलाल गौमत र ८६ वर्षिय कपिलमणी गौतमलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया