ओखलढुंगामा मालपोतले १ करोड ५२ लाख बढी राजश्व उठायाे

ओखलढुंगामा मालपोतले १ करोड ५२ लाख बढी राजश्व उठायाे


भिजन समाचार
901
Shares

मालपोत कार्यालय ओखलढुंगाले चालु आर्थिक वर्ष २०८०-०८१ को ११ महिनामा एक करोड करोड ५२ लाख बढी राजश्व संकलन गरेको छ । कायालयले चालु आर्थिक बर्षको साउन देखि जेठ मसान्तसम्म एक करोड ५२ लाख ७१ हजार ८१ रुपैया राजश्व संकलन गरेको हो ।

दुई हजार ७८ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको कार्यालय प्रमुख निर कुमार ढुंगानाले बताए । उनका अनुसार चालु आर्थिक बर्षमा घरजग्गा रजिष्ट्रेसन वापत सबैभन्दा बढी एक करोड १८ लाख ९३७ रुपैयाँ र लाभकर वापत ३० लाख ११ हजार २१६ रुपैया राजश्व संकलन भएको छ ।

कार्यालयले ५२८ महिलालाई २५ प्रतिशतका दरले रजिष्ट्रेसन छुटमा १४ लाख ५२ हजार ७०८ र ६९ जना दलित सेवाग्राहीलाई ४५ हजार एक सय बराबरको छुट दिएको पनि कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए ।

जिल्लामा २ वटा मालपाेत छन् । माथिकाे तथ्याङ्ग खिजीफलाटे मालपाेतकाे भन्दा फरक अर्थात ओखलढुंगा मातपाेतकाे मात्रै हाे ।