मानेभञ्ज्याङ । मानेभञ्ज्याङ गाउँपालिका–८ राघवपुरमा आमा समूहले आर्थिक अवस्था कमजोर रहेको विरामीलाई सहयोग गरेका छन् । राघवपुरको सयपत्री स्वास्थ्य आमा समुहले मानेभञ्ज्याङ गाउँपालिका–५ का २८ वर्षिय सन्तोष पुलामी मगरलाई १५ हजार नगद सहयोग गरेका हुन् ।
छ महिना देखी विविध रोगका कारण अस्पतालमा उपचारत मगरको आर्थिक अवस्था कमजोर रहेकाले समूहले उनको उपचारका लागि नगद १५ हजार रकम सहयोग गरेको राघवपुरबाट जानुका रुचालले खबर पठाएका छन् ।
यसका साथै आमा समुहले आमा समूहको कार्यालय वरपर रहेको झाडी सरसफाई गरेका छन् । सरसफाई सँगै कार्यालय परिसरमा विभिन्न प्रकारको फूलको विरुवा रोपिएको आमा समूहकी अध्यक्ष टिका थापा मगरले बताईन् । यसका साथै समूहको नियतित बैठकमा मनोसामाजिक कार्यकर्ता अस्मिता थापा मगरले लैङ्िगक हिंसाको बारेमा जानकारी साथै लैंगिक हिंसाको अन्त्यका लागि सचेतना दिएका थिए ।
प्रतिक्रिया