ओखलढुंगामा फलफूल विकास आयोजना सञ्चालन हुने

ओखलढुंगामा फलफूल विकास आयोजना सञ्चालन हुने


भिजन समाचार
1.9k
Shares

ओखलढुंगामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालन हुने भएको छ । जिल्लाको मानेभञ्ज्याङ, सुनकोशी र चम्पादेवी गाउँपालिकामा आगामी आर्थिक बर्ष २०८१/०८२ बाट आयोजना सुरु हुन लागेको हो ।
मध्य पहाडी लोकमार्ग आसपासका क्षेत्रलाई फलफुलमा आत्मनिर्भर बनाउने उद्देश्यले काष्ठफल तथा फलफूल विकास आयोजना हुने सञ्चालन परियोजनाका लागि तयारी सुरु भएको छ ।
जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा बिहिबार परियोजना सञ्चालनबारे गोष्ठी तथा अन्तरक्रिया गरिएको गाउँपालिकाको कृषि विकास शाखाका कृषि अधिकृत सन्तोष थापाले बताए ।
अनुसार परियोजना अन्तर्गत मानेभन्ज्याङ गाउँपालिकामा कागती, सुन्तला, एभोकाडो र दन्ते ओखरको बगैँचा स्थापना गरिने थापाले बताए । आयाेजना आगामी तीन बर्षसम्म सञ्चालन हुनेछ । आयाेजना मार्फत गाउँपालिकाकाे समृद्धिमा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताएका छन् ।
एसियाली विकास बैङ्कको सहुलियत पूर्ण ऋण तथा अनुदान, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा जिल्लाको तीन वटा स्थानिय तहमा आयोजना सञ्चालन हुनेछ ।