ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ का युवालाई विभिन्न सीपमुलक तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाको आयोजना र वडा कार्यालयको समन्वयमा उद्यमी बनाउन ४५ जना युवालाई तालिम दिइएको हो ।
१५ जना महिलालाई तीन महिने सिलाई कटाईको, १५ युवालाई तीन महिने आधारभुत कम्प्युटर तालिम र १५ जना महिलालाई आठ दिने उद्यमशिलता विकासको तालिम दिइएको वडा अध्यक्ष टायन्द्र राईले जानकारी दिए ।
युवालाई उद्यम र रोजगार सँग जोडेर आत्मनिर्भर बनाउन तालिम दिइएको वडा अध्यक्ष राईको भनाई छ । गत फागुन १५ गते देखि तालिम सुरु भएको थियो ।
प्रतिक्रिया