खिजिदेम्बामा किसानलाई ८४ वटा चौंरी हस्तान्तरण

खिजिदेम्बामा किसानलाई ८४ वटा चौंरी हस्तान्तरण


भिजन समाचार
8.4k
Shares

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका चौंरी पालक लिाई किसानलाई चौंरी हस्तान्तरण गरिएको छ । चौंरी पालन गर्ने ९ जना कृषकलाई ८४ वटा चौंरी हस्तान्तरण गरिएको हो ।
कोशी प्रदेश सरकारको याक तथा चौंरी प्रवद्र्धन कार्यक्रम अन्तर्गत विनियोजित २० लाख अनुदान मार्फत चौंरी फार्म सञ्चालन गर्ने ९ जना कृषकलाई ८४ वटा चौंरी तथा याक वितरण गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।
चौंरी व्यवसाय प्रवद्र्धनको लागि कृषकहरुलाई प्रोत्साहनको गर्ने उद्धेश्यले चौंरी तथा याक वितरण गरिएको अध्यक्ष शेर्पाको भनाई छ । यस अघि गाउँपालिकाले चौंरी गोठलाइ सोलार बत्ती र भिटामिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको खिजिदेम्बा गाउँपालिकामा मात्र चौंरीको व्यवसायिक पालन गरिन्छ ।